‘बुद्ध नेपालमा जन्मिएका हुन’ सन्देशसहित दशैंमा सयको नयाँ नोट,

काठमाण्डु टुडे २०७० भदौ २४ गते १६:४८ मा प्रकाशित

11 rupees noteराष्ट्र बैंकले दशैमा एकसय रुपैयाको नयाँ नोट जारी गर्ने भएको छ । ‘लुम्बिनीः बुद्धको जन्मस्थल’ लेखिएको नोटले विश्वमा बुद्धको जन्मस्थानका बारेमा फैलाइएको भ्रम चिर्ने अपेक्षा गरिएको छ । केही नोट बजरमा आएपनि दशैमा नयाँं नोट खोज्नेलाई यही नोट वितरण गर्ने योजना राष्ट्र बैंकले बनाएको छ । दशै आउन अझै एक महिना बाँंकी छ ।
नयाँ नोटमा अशोक स्तम्भ र ‘लुम्बिनीः बुद्धको जन्मस्थल’ भन्ने वाक्य लेखिएको छ । नोटको अग्रभागमा (सिल्भर मेटालिक) चाँंदीमा बुद्धकी आमा मायादेवीको तस्बिर पनि अंकित गरिएको छ । नोटमा इस्वी र विक्रम संवतमा नोट जारी भएको साल उल्लेख गरिएको छ साथै अंग्रजीमा नेपाल राष्ट्र बैंक पनि लेखिएको छ । यसअघि अंग्रेजीमा लेख्ने चलन थिएन । मन्त्री परिषदको गत अगस्ट २७ को निर्णय अनुसार यो नोट प्रचलनमा ल्याइएको हो ।
नोटमा विश्व सम्पदा सुची प्रकाशन गर्ने प्रचलन अनुसार नै यो नोट प्रकाशन गरिएको हो, यसले नेपालको नोटलाई विश्वमा चिनाउन समेत मद्दत गर्छ । नोटमा ‘लुम्बिनीः बुद्धको जन्मस्थल’ अंकित गरिएपछि नेपाल भ्रमण गर्ने विदेशीलाई भ्रम हुनेछैन् । यसैबीच भारतीय समाचार संस्था जी टेलिभिजनले आफ्नो नयाँ सिरियल बुद्धको प्रोमोमा ‘बुद्ध भारतमा जन्मीएका हुन’ भन्ने वाक्यलाई झिकेर ‘बुद्ध नेपालमा जन्मीएका हुन’ भन्ने वाक्य राखेको छ । भारत र भारतीय सञ्चारमाध्यमले लामो समयदेखि ‘बुद्ध भारतमा जन्मीएका हुन’ भन्दै भ्रम र्सिजना गर्दै आएका छन् ।बिजमाण्डु डटकम 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us