एसएलसी पूरक परीक्षामा ६० प्रतिशत उत्तीर्ण

काठमाण्डु टुडे २०७० भदौ २४ गते १६:४० मा प्रकाशित

slcकाठमाण्डु, २४ भदौ – परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०६९ सालको एसएलसी पूरक परीक्षाको नतिजा सोमबार प्रकाशन गरेको छ । परीक्षामा एक लाख ११ हजार ७ सय २४ परीक्षार्थी सहभागी भएकामा ६७ हजार ५१ अर्थात् ६०.०१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

उत्तीर्ण हुनेमा ३२ हजार ९८ छात्र र ३४ हजार १ सय ४३ छात्रा रहेको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिए । प्रथम श्रेणीमा एक हजार ६ सय १०, द्वितीय श्रेणीमा ४८ हजार ८ सउ ६७ र तृतीय श्रेणीमा १६ हजार ५ सय ७४ जना उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा भने कोही पनि उत्तीर्ण भएका छैनन् । परीक्षामा अमर्यादित तथा अनियमित कार्य गर्ने ६४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

नेपाल टेलिकमको आइभिआर पद्धतिको १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

२०६९ सालको एसएलसीमा दुई विषयमा अनुतीर्ण भएकाहरुकालागि गत साउन २० देखि साउन २७ गतेसम्म पूरक परीक्षा लिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us