चुनाव विथोल्ने कुरा अराजक : नेपाल

काठमाण्डु टुडे २०७० भदौ २२ गते ९:२७ मा प्रकाशित

Madhav-Nepalगौर, २२ भदौ– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले चुनाव हुन नदिने नेकपा–माओवादीको अभिव्यक्ति अराजक भएको टिप्पणी गरेका छन् । चुनावले नै देशलाई संक्रमणकालबाट अन्त्य गर्ने बताउँदै उनले चुनावको विरोध गर्नु गैरराजनीतिक भएको धारणा राखे ।

रौतहटको गौरस्थित आफ्नै निवासमा सन्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले चुनावमा सहभागी हुन नेकपा–माओवादीलाई आग्रह गरे । ‘नयाँ संविधान बनाउने र देशलाई निकास दिने एकमात्र विकल्प मंसिर ४ को निर्वाचन नै हो,’ नेता नेपालले भने, ‘यसको विरोध गर्नेहरु अराजक र अलोकतान्त्रिक हुन् ।’

उनले माओवादीलाई चुनावमा सहभागी भएर जनताको मत जाँच्न सुझाव पनि दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us