
धरान, २२ भदौ – सुनसरीको सेहरा खोलाको बाढीले बगाउँदा एकैपरिवारका चारजना बेपत्ता भएका छन् । शनिवार विहान आएको बाढीले पाँचकन्या गाविस–१ का मन कुमार लिम्वुको घर बगाउँदा ४ जना वेपत्ता भएका हुन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढीले बगाएको अवस्थामा शान्तिझोडामा १ महिलाको शव फेला परेको छ । उनको सनाखत हुन सकेको छैन । यस्तै झापाको दमक १९ स्थित बेतनी खोलामा डुबेर स्थानीय ४८ बर्षीय सुवर्ण राइको मृत्यु भएको छ ।
बाढीले पाँचकन्या र धरान जोड्ने पुल समेत बगाउँदा आवत जावतमा समस्या भएको छ । यसैगरी इटहरीस्थित टेग्राहा खोलाको बाढीले दुई दर्जन बढी घर डुबानमा परेपछि स्थानीयबासीको विचल्ली भएको छ ।