पहिरोमा एक दर्जन घर पुरिए, एकसय विस्थापित

काठमाण्डु टुडे २०७० भदौ २२ गते ७:५७ मा प्रकाशित

धनकुटा, २२ भदौ–धनकुटाको मूलघाट नजिक गएको पहिरोले करिब एक दर्जन घर पुरेको छ । अविरल वर्षासँगै खसेको पहिरोले महाभारत, बुढिमोरङ र भेडेटार गाविसका करिब १३ वटा घर पुरेको छ । घर पुरिएपछि एक सय जना विस्थापित भएका छन् । पहिरोका कारण घन्टे, गर्जुवा र खरानेखोला क्षेत्रका दर्जनभन्दा बढी घर जोखिममा परेका छन् ।

कोसी राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ । राजमार्गको करिब तीन किलोमिटर क्षेत्रको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । राजमार्ग अवरुद्ध भएपछि दर्जनौं सवारीसाधनका सयौं यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक ईश्वरीप्रसाद चापागार्इंले बताए । ठूलो क्षेत्रमा पहिरो गएको र वर्षा पनि नरोकिएकाले पहिरो पन्छाउन र उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us