
चितवन, २२ भदौ–वामपन्थी आन्दोलनका अगुवा नरबहादुर खाडको ७१ वर्षको उमेरमा शनिबार निधन भएको छ । उपचारको क्रममा भरतपुर अस्पतालमा बिहान ३ बजे उनको निधन भएको हो ।
चितवनको गीतानगर गाविस–६ केशरबाघका खाड नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य, एमाले निकट ज्येष्ठ नागरिक मञ्चको केन्द्रीय संयोजक र ज्येष्ठ नागरिक सेवा समाज नेपालको केन्द्रीय अध्यक्ष थिए ।
विगत केही समययता क्यान्सर रोगबाट ग्रसित खाडका दुई छोरा र एक छोरी छन् । खाडको शनिबारै दाहसंस्कार गरिने नेकपा एमाले चितवनले जनाएको छ ।