राजदूत रेले भेटे अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ २१ गते १३:५६ मा प्रकाशित

कामाण्डु, २१ भदौ–नेपालका लागि नवनियुक्त भारतीय राजदूत रञ्जित रेले शुक्रबार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
prachanda-ambesdorप्रचण्डलाई भेट्न राजदूत रे उनकै निवास लाजिम्पाट पुगेका थिए । निवर्तमान राजदूत जयन्तप्रसाद दुई वर्षे कार्यकाल सकाएर स्वदेश फर्केलगत्तै यसै साता रे कार्यकाल सम्हाल्न काठमाण्डु आइपुगेका थिए । रेले राजनीतिक नेतृत्वलाई भेटेको यो पहिलो हो ।

यसअघि बिहीबार उनले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भेटेका थिए ।
भेटमा आसन्न ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन, शान्ति प्रक्रियाको बाँकी काम र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डका सहयोगी शिव खकुरेलले राजदूत रेले नेपालको शान्ति र संविधान लेखन प्रक्रियामा सहयोगका लागि भारत तयार रहेको बताएका थिए । खकुरेलका अनुसार रेले नेपालको शान्ति, स्थायित्व र विकासका लागि भारतले जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us