जब मन्त्रीले झाडु लाउन थाले (फोटो फिचर सहित)

काठमाण्डु टुडे २०७० भदौ २१ गते ५:४७ मा प्रकाशित

Shankar-Koirala-and-Shanta-काठमाण्डु  । दौरा सुरुवाल र ढाका टोपीले सजिएर सरकारको नीति तथा कार्यक्रम बनाउन व्यस्त रहने मन्त्री हातमा कूचो समाएर आफै बढार्न शुरु गर्छन् । पहिले नै मजदूरहरुले बढार कुँढार गरेर सफाचट पारिसकेको मन्त्रालयको आँगनमा मन्त्रीले पनि बढार्न थाले ।

DSC09379प्रसंग हो अर्थमन्त्रालयको । अर्थमन्त्रालयले निजामति सेवा दिवस २०७० को अवसरमा शुक्रवार मन्त्रालय हाता वरपर सरसफाई गर्ने कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री शंकर प्रसाद कोइरालालाई पनि निम्तो दिएका थिए कर्मचारीहरुले । सँधैजसो हातमा कलम समाएर सकारी खर्चको चाँजो पाँजो मिलाउन व्यस्त हुने मन्त्री कोइराला शुक्रबार भने हातमा झाडु समाएर मन्त्रालयको आँगनमा ओर्लिए । हातमा सेतो पन्जा लगाएर उनले बढार्न शुरु गरे । उनलाई त्यसैगरी साथ दिदै थिए अर्थ सचिव शान्तराज सुवेदीले पनि । पहिले नै मजदूरहरुले बढार कुँढार गरेर सफाचट पारिसकेको मन्त्रालयको आँगनमा मन्त्री र सचिवले जति झाडु लतारे पनि फोहर निस्कने त कुरै थिएन ।

DSC09384

एकछिन पछि अरु कर्मचारीहरुले पनि हातमा झाडु र डस्टविन लिएर अर्थमन्त्रालय परिसरमा सरसफाइ गर्न थाले । सो अवसरमा मन्त्रालयमा उत्कृष्ट काम गरेवापत कर्मचारी मधु थापा र सफाईमा संलग्न कर्मचारीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । (हेर्नुस् फोटाहरु)

DSC09399

DSC09403

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us