सीरियामा हमला गर्न ओवामालाई विपक्षीको समर्थन

काठमाण्डु टुडे २०७० भदौ १९ गते ४:४५ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– सिरियामा सैन्य कारबाहीकालागि अमेरिकी विपक्षी दल रिपब्लीकन पार्टीले राष्ट्रपति बाराक ओवामालाई समर्थन गरेको छ । ह्वाइट हाउसमा राष्ट्रपति ओबामासँग भएको भेटमा विपक्षी रिपब्लीकन नेता जोन बोयरनरले सीरिया हमलामा समर्थन गरेका हुन् ।

सीरियालाई रासायनिक हतियार प्रयोगमा रोक लगाउने क्षमता अमेरिकासँग मात्रै रहेको भन्दै उनले आफ्ना पार्टीका सांसदहरुलाई कारबाहीको पक्षमा मतदान गर्न आग्रह गरे । यससँगै आउँदो साता अमेरिकी संसदमा हुने मतदानमा ओबामाले सैन्य कारबाहीको अनुमति पाउने सम्भावना बढेको वीवीसीले जनाएको छ । सीरियामा कारबाही गर्ने की नगर्ने भन्ने निर्णय लिन अमेरिकी संसदमा आउँदो साता यसबारे मतदान हुँदै छ । यसअघि बेलायतको संसदले सीरियमाथि कारबाहीको प्रस्ताव विफल बनाइदिएको थियो ।

अमेरिकी राष्ट्रपति ओवामाले सीरियामा सिमित कारबाही मात्रै गर्ने बताउँदै आएका छन् । सीरियाको रासायनिक हतियार प्रयोगको क्षमता अन्त्य गर्न मात्रै अमेरिकाले खोजेको उनको भनाई छ । एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us