उद्योगले ६ रुपैयाँमा बेच्ने मिनरल वाटर उपभोक्तालाई बीस

काठमाण्डु टुडे २०७० भदौ ७ गते १३:२२ मा प्रकाशित

काठमाण्डु, ७ भदौ । तपाईले पिउनुभएको मिनरल वाटरको मूल्य कति होला ? एक लिटरमा पाइने मिनरल वाटर बजारमा २० देखि २५ रुपैयाँमा बिक्री हुन्छ । तर त्यो मिनरल वाटर उद्योगीले ६ रुपैयाँमा बिक्री गर्छ ।
राष्ट्रिय उपभोक्ता मञ्चले गरेको अध्ययनमा उद्योगीले ६ रुपैयाँमा बिक्री गरेको मिनरल वाटर उपभोक्ताले बीस रुपैयाँमा किन्नुपर्ने बाध्यता छ ।
‘मूल्यमा खुलमखुल्ला ठगी छ,’ मञ्चद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मूल्य ठगी गर्ने उद्योग माथि सरकारी निकायले कारवाही गर्नुपर्छ ।’ मञ्चले ठगी गर्ने उद्योगी र व्यवसायीलाई कारवाही गर्न माग गर्दै मन्त्रीपरिषद् कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । उपत्यकामा प्राकृतिक स्रोत उपयोग गरी विभिन्न २ सय ६० कम्पनीले पानी बिक्री वितरण गर्दै आएका छन् ।
मञ्चका अनुसार उद्योगले पानी बिक्री गर्दा भ्याट विल समेत नदिएको पाइएको छ । भ्याट बिल दिएपनि न्यून रकममा लिने गरेको पाइएको मञ्चको अध्ययनले देखिएको छ । मञ्चका अनुसार क्याप र बोटलको अढाई रुपैयाँ मात्रै खर्च हुन्छ । खर्च र कम मुनाफा बढी भएकोले पानी कम्पनी आउने क्रम बढ्दो छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मुनाफा बीस प्रतिशत भन्दा बढी लिएकोले कालोबजारी ऐन अनुसार कारवाहीको लागि माग गरिएको बताए ।
बिजजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us