नेपाल-पाकिस्तान संयुक्त सहमति पत्रमा हस्ताक्षर

काठमाण्डु टुडे २०७० भदौ ४ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, ४ भदौ–कृषि,पर्यटन,व्यापार,शिक्षा,स्वास्थ्यका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने प्रतिवद्धता सहित नेपाल पाकिस्तान संयुक्त आर्थिक आयोगको दुईदिने बैठक पाकिस्तानको इस्लामावादमा सकिएको छ।

Nepal-Pakistan Flag_20110205085720बैठकपछि तयार गरिएको संयुक्त सहमति पत्रमा नेपालको तर्पबाट अर्थ,उद्योग तथा वाणिज्य मन्त्री शंकरप्रसाद कोइराला र पाकिस्तानी अर्थ,आर्थिक मामिला,तथ्यांक र निजीकरण मन्त्री महम्मद ईशाक डरले हस्ताक्षर गरेका छन।

सहमतिपत्रमा पाकिस्तानले नेपाली विद्यार्थीहरुलाई दिंदै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउने,कृषि,पर्यटन,नागरिक उडड्यन दूर सञ्चारको क्षेत्रमा लगानी बढाउने उल्लेख छ। यसैगरी हुलाक र स्वास्थ्य क्षेत्रको संस्थागत विकासको लागि पाकिस्तानले कर्मचारीहरुको क्षमता विकासका लागि तालिम दिनेछ । बैठकले सन् २००५ मा भएको सहमति र त्यसको कार्यान्वयनमा देखिएको प्रगति र चुनौतीका विषयमा समेत समीक्षा गरेको थियो ।

बैठकमा नेपालबाट पाकिस्तानी बजारमा निकासीको सम्भाव्यता बोकेका पस्मिना,अलैंची, अदुवाको बजारका लागि पाकिस्तान सकारात्मक देखिएको छ।सहमति पत्र हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दई देशबीच भएको सहमतिले दुई पक्षीय व्यापार अभिवृद्धिको बाटो खुलेको बताए। यसबाट निजीक्षेत्र उत्साही हुने विश्वास व्यक्त गर्दै लगानी बढने आशा व्यक्त गरे।आर्थिक विकासका समान महत्व र चासोका क्षेत्रमा सहकार्य बढाउन सकिने बताउँदै अर्थमन्त्री कोइरालाले सहमति भएका विषयले दुवै देशका जनता लाभान्वित हुने बताए ।

नेपाल र पाकिस्तानका व्यापारिक संस्थाका पदाधिकारीहरुको परिषद् बैठक सुखद भएको चर्चा गर्दै यसबाट निजीक्षेत्र सक्रिय हुने मन्त्री कोइरालाले बताए।अर्थमन्त्री कोइरालाका पाकिस्तानी समकक्षी मुहम्मद इशाक डरले व्यापारिक तथा सांस्कृतिक अभिवृद्धिका लागि बैठक फलदायी भएको बताए। आठ वर्षदेखि अवरुद्ध आयोग बैठकलाई अब निरन्तरता दिइने प्रतिवद्धता पनि मन्त्री डरले व्यक्त गरे।
आयोगको आगामी बैठक अर्को वर्ष नेपालमा गर्ने सहमति भएको छ।

पाकिस्तान चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु बीच व्यापारको नयाँ नयाँ सम्भावना खोज्ने विषयमा छलफल भएको छ।अदुवा, अलैंची, पस्मिनाको व्यापार विस्तार बारे नेपाली पक्षले राखेको प्रस्तावमा पाकिस्तान सहमत देखिएको छ।

छलफलको नेतृत्व नेपालका तर्पबाट उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे र पाकिस्तानका तर्पmबाट त्यहाँको चेम्बर अफ कमर्सका अध्यक्ष जुवैर अहमद मलिकले गरेका थिए । बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव दीपक सुवेदी र नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार सहभागी थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us