थप सुमधुर बन्दै चीन–रुस आर्थिक सम्बन्ध

काठमाण्डु टुडे २०७० भदौ ४ गते ४:३६ मा प्रकाशित

बिश्वमा अमेरिकाको प्रभावलाई चुनौती दिनु पर्ने आवश्यकताबोध गर्दै आएका चीन र रुसले दुई पक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने भएका छन । चिनिया राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वीच असोज १९ र २० गते (सेप्टेम्बर ५–६ )मा रुसी सहर सेन्ट पिटर्सबर्गमा हुने जी–२० शिखर सम्मेलनका क्रममा हुने भेटवार्तामा सहकार्यका थप बिषयमा छलफल हुने अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन ।
गत मार्चमा राष्ट्रपतिको पद ग्रहण गरे लगत्तै आफनो पहिलो बिदेश भ्रमण रुसबाट शुरु गरेका सीले रुससँगको सम्बन्धलाई थप प्रगाढ बनाउन चाहन्छन । रुस र चीनको व्यापार युरोपेली यूनियनसँग हुने रुसको व्यापार र चीनको अमेरिकासँग हुने व्यापार भन्दा बढी छ । रुस र चीन वीच सन २०१२ सम्मको पाँच बर्षभित्रमा व्यापार बृद्धि दुई गुणा बढेर ८७ अर्व ५० करोड पुगेको थियो । बेइजिङ र मस्को वीच सोभियतकालदेखि नै आर्थिक र राजनीतिक सम्बन्धमा बलियो सहकार्य हुदै आएको छ ।
पूर्व गुप्तचर कर्मचारी एडवार्ड स्नोडेनलाई मस्कोले शरण दिएको बिषयमा असन्तुष्टी व्यक्त गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले पुटिनसँगको भेटवार्तालाई केहि समय अघि रद्द गरेका थिए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका सदस्य रुस र चीनले सिरिया माथि नाकावन्दी लगाउन अस्वीकार गर्दै आएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us