डलरले रेकर्ड तोड्यो

काठमाण्डु टुडे २०७० भदौ ३ गते १०:१९ मा प्रकाशित

काठमाण्डु, ३ भदौ- नेपाल राष्ट्र बैंकले मंगलवारका लागि डलरको रिफ्रेन्स रेट एक सय रुपैयाँ ६० पैसा तोकेको छ । भारतीय मुद्रा कमजोर भएपछि स्थिर विनिमयदर भएको नेपाली रुपैयाँलाई त्यसको असर परेको हो । सोमवारका लागि केन्द्रिय बैंकले ९८ रुपैयाँ ९५ पैसाको रिफ्रेन्स रेट तोकेको थियो । सोमवारको तुलनामा मंगलवार एक रुपैयाँ ६५ पैसा बढाएर मूल्य निर्धारण गरिएको हो । सोमवारै साँझ नेपाल इन्भेष्टमेन्ट बैंकले एक डलर बराबर एक सय रुपैयाँ ६० पैसामा कारोवार गरेको थियो । भारतमा समेत डलरले नयाँ रेकर्ड बनाएको छ । सोमवार प्रतिडलर ६३ रुपैयाँ २५ पैसा भारुमा कारोवार भयो । बजार बन्द हुँदा केही सुधार भएपछि ६३.१३ भारुमा कारोवार भएको थियो ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक डलरको रिङ्खरेन्स रेट ९८ रुपैयाँ ९५ पैसा तोकेको  थियो ।
dalarबैंकहरुले सोमबार बिहानैबाट तोकिएको रेटभन्दा माथि गएर कारोबार गरेका हुन् । भारतीय मुद्रा कमजोर भएपछि नेपालका बाणिज्य बैंकले मूल्य बढाएर कारोबार गरेका हुन् । सोमबार नबिल र इन्भेष्टमेन्ट बैंकले एक सय रुपैयाँमा एक डलरको कारोबार गरिरहेका छन् । करिब चार महिनाकै अवधिमा एक डलर भाउ करिब १४ रुपैयाँ महंगो भएको हो । वैशाखको सुरुमा डलरको भाउ ८७ रुपैयाँको हाराहारीमा थियो भने साउन मसान्तमा ९९ रुपैयाँ नाघ्यो ।
डलर महंगिएको सीधा असर नेपालको वाह्य व्यापार र रेमिटेन्समा पर्छ । डलरको कारण अन्तर्राष्ट्रिय उडानको हवाई टिकटदेखि आयातित बस्तुको मूल्य बढिसकेको छ । विषेश गरी पेट्रोलियमको मुल्यमा हुने वृद्धिले व्यापार घाटालाई निकै बढाउँदै लगेको छ । तेस्रो मुलुकबाट आयात हुने सवारी साधनदेखि भटमासको तेलसम्मको मूल्यलाई प्रभावित बनाउने छ । चिनियाँ सामानको मूल्यमा पनि वृद्धि हुनेछ । डलरकै कारण अन्य विदेशी मुद्राको भाउ पनि आकासिएको छ ।
भारतबाट सन् २०१३ मा निकै ठूलो मात्रामा डलर बाहिरिएको छ । भारतमा गत मे महिनापछि विदेशी लगानीकर्ताले करिब ११ अर्ब अमेरिकी डलर बराबरको सेयर बिक्री गरेर पुजी फिर्ता लगेका छन् । त्यस्तै पेट्रोलियम आयातका लागि पनि भारतमा निकै धेरै डलरको माग भएको छ । यसले डलरको माग बढाउँदा भाउ बढेको हो । भारतीय अर्थतन्त्र कमजोर र अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएका कारण पनि डलरको भाउ बढेको हो । बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us