कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन थालिदै

काठमाण्डु टुडे २०७० साउन ३२ गते १४:५५ मा प्रकाशित

काठमाण्डु,३२ साउन – नजिकिदै गरेको चाडपर्वमा हुन सक्ने मूल्यवृद्धि र कृत्रिम अभाव रोक्नसरकारले प्रभावकारी अनुगमन थाल्ने भएको छ ।

कम्पनी रजिष्टारको कार्यालय, उद्योग विभाग, नापतौल तथा गुणस्तर विभाग प्रति सामान्य Economicनागरिकदेखि उद्योग व्यवसायीको गुनासो रहेको स्मरण गराउदै अर्थमन्त्री शंकर कोइरालाले त्यस्तो कदम चाल्न लागेको बताएका हुन ।
‘तर ती निकायलाई प्रविधिमैत्री बनाएर सेवालाई चुस्त बनाउने प्रयास थालिएका छन्’ अर्थमन्त्री कोइरालाले शुक्रवार काठमाडौमा आयोजित कार्यक्रममा भने ‘चाडपर्वको मुखमा अभाव, मूल्यवृद्धि रोक्न प्रभावकारी अनुगमन थालिने छ । ट्याक्सीको मिटर बिगारेर उपभोक्ता ठग्ने चालक र सुन व्यवसायको ठगी नियन्त्रण गर्न चालिएको प्रयास प्रभावकारी ठहरियो ।’ उद्योग मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाजले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा कोइरालाले अनावश्यक बोझ बनेका सरकारी संस्थानहरुको सुधार अभियान थालिएको जानकारी दिँदै काठमाडौमा सुख्खा बन्दरगाहा, औद्योगिक प्रदर्शनी स्थल, निर्यातजन्य व्यापारीलाई पुरष्कृत गर्ने बजेटका सुन्दर पक्षले यसक्षेत्रमा सुधार हुने अपेक्षा व्यक्त गरेका थिए ।
कोइरालाले आयातमूखी अर्थतन्त्रलाई उत्पादन र निर्यातमूखी बनाउन नीतिगत, संरचनागत, प्रक्रियागत र कार्यक्रमगत सुधार जरुरी रहेको बताए । उद्योग मन्त्रालयको समेत कार्यभार सम्हाल्दै आएका कोइरालाले त्यसका लागि सरकारले प्रयाससमेत थालिसकेको बताए । अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगको साझेदारीमा सरकारले योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । उनले औद्योगिक व्यवसाय ऐनको मस्यौदामामन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति जनाइसकेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us