
काठमाण्डू, ३१ साउन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन थप ७ दिने समय दिएको छ ।
मतदाता नामावलीमा नाम लेखाउने समय असार मसान्तमा सकिएको थियो । तर, निर्वाचन प्रक्रियामा असहमत दलको मागका आधारमा आयोगले एक साता म्याद थपेको हो । भदौ १ गतेदेखि ७ गतेसम्म मतदाता नामावली दर्ताका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको आयोगले जनाएको छ । हाल छुटेका मतदाताले सम्बन्धित निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सक्नेछन् ।
निर्वाचन आयोगका अनुसार असार मसान्तसम्ममा १ करोड २३ लाख ८ हजारले मतदाता नामावलीमा नाम लेखाएका छन् । देशभित्रका झण्डै ११ लाख र देशबाहिरका ३० लाख छुटेको आयोगको अनुमान छ ।