सुरक्षाकर्मीको पहरामा रोगी कुखुरा मारिँदै

काठमाण्डु टुडे २०७० साउन ३१ गते ७:०१ मा प्रकाशित

भक्तपुर, ३१ साउन । भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारले आजदेखि संक्रमित क्षेत्रमा कुखुरा मार्ने काम सुरु गरेको छ ।

बर्डफ्लु संक्रमण मानिसमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने काम थालिएको पशु सेवा विभागले जनाएको छ ।  विभागका अनुसार कुखुरा मार्ने काममा विभिन्न १२ वटा टोली परिचालन गरिएको छ  ।
Nepal bans sale of poultry in capital amid bird flu scareविभागले आजदेखि लागू हुनेगरी बुधबार बर्डफ्लु रोग निणन्त्रण आदेश–०६४ को दफा ५ अनुसार बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । विभागले गोठाटार पेप्सीकोला, नगरकोट, नंखेल र गुन्डु डाँडालाई संकटग्रस्त क्षेत्रमा राखेको  छ । सरकारी निर्णयको राजनीतिक दल र सर्वसाधारणले स्वागत गरे पनि व्यवसायीले विरोध जनाएका छन् ।
कुखुरा पालक संघ भक्तपुरले व्यवसायीको लगानी बराबरको क्षतिपूति नदिएसम्म कुखुरा नष्ट गर्न नदिने चेतावनी दिएको छ ।

व्यवसायीको अवरोध आउने देखिएपछि प्रभावित क्षेत्रमा बिहानैदेखि बाक्लो सख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गत साउन ११ गते सिपाडोल– २ स्थित हिमाल पोल्ट्री फर्मबाट सुरु भएको बर्डफ्लु बुधबारसम्म ६२ वटा फर्ममा फैलिएको छ । प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले हालसम्म २ लाख ७६ हजार ८ सय ५३ कुखुरा, ६ लाख २४ हजार १० अण्डा र २७ हजार ८ सय ५० किलो दाना नष्ट गरिसकिएको जानकारी दिनुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us