निर्वाचनको महाअभियान सफल पार्न आग्रह

काठमाण्डु टुडे २०७० साउन ३० गते ७:४९ मा प्रकाशित

काठमाण्डु ३० साउन ।  अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संबिधानसभा निर्वाचनको महाअभियानलाई सफल पार्न बिशेष आग्रह गरेका छन ।

khilraj regmiआगामी मंसिर ४ गतेका लागि तय भएको संबिधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आम समुदायको प्रभावकारी भूमिकाको अपेक्षा गर्दै रेग्मीले त्यस्तो आग्रह गरेका हुन ।
विश्वविद्यालय अनुदान आयोगद्घारा बुधवार काठमाण्डुमा आयोजित उच्च शिक्षा नीतिसम्बन्धी राष्ट्रिय गोष्ठीमा शिक्षा क्षेत्रका अगुवाहरु समक्ष रेग्मीले त्यस्तो धारणा व्यक्त गरेका हुन । ‘वर्तमान सरकार स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा अधिकाधिक जनसहभागितासहित संविधानसभा निर्वाचन सम्पन्न गराउने प्रयोजनार्थ निर्माण भएको हो । विकास र समृद्धिका लागि गर्नुपर्ने अन्य थुप्रै कार्यहरु सँगसँगै रहेको भएतापनि अहिले सरकारको प्राथमिकता निर्वाचन हो’ रेग्मीले भने ‘तसर्थ, अन्य सबै समानान्तर विषयसँगै संविधानसभा निर्वाचन हाम्रो अनिवार्य आवश्यकता र उद्देश्य भएकाले निर्वाचनप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिता कायम गर्न हामी सबै क्रियाशील हुनुपर्दछ ।’ गोष्ठीमा हुने छलफल,बिमर्श र प्राप्त निष्कर्ष उच्च शिक्षा नीति तर्जुम ागर्नका लागि महत्वपूर्ण हुने बिश्वास पनि रेग्मीले व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us