काठमाडौँ, २४ साउन । सरकारले विश्व बैंकले दिने ३७ मिलियन अमेरिकी डलर ऋण र दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग स्वीकृत गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चारमन्त्री माधव पौडेलले जानकारी दिनुभयो । सो रकम नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनामा थप लगानी गर्न खर्च गरिने छ ।
बैठकले बिपी कोइराला नेपाल–भारत प्रतिष्ठानको अक्षयकोषमा रहेको नेपाली पक्षको रकम वृद्धि गरी १६ करोड थप गर्ने र सोबापतको रकम अर्थ मन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरेको छ ।