बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले थाल्यो आन्तरिक तयारी

काठमाण्डु टुडे २०७० साउन २३ गते १३:०९ मा प्रकाशित

काठमाण्डु,२३ साउन । वित्तिय अनुशासनको मुद्दामा बहस भइरहेका बेला अर्थ मन्त्रालयले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक तयारी थालेको छ । उसले मन्त्रालयको आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन छलफल शुरु गरेको छ ।
budgetअर्थमन्त्री शंकरप्रसाद कोइरालाको उपस्थितिमा मन्त्रालयका उच्च अधिकारीहरुको बुधवारको बैठकले मन्त्रालयको अनुगन महाशाखालाई सशक्त बनाउने निधो गरेको हो ।  विभिन्न मन्त्रालय मार्पmत चलेका विकास आयोजनाहरुको अनुगमन, मूल्यांकन गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने खाँचोमा बैठकका सहभागीहरुले एकमत प्रकट गरेको मन्त्री कोइरालाको नीजि सचिवालयले जनाएको छ ।
सो अवसरमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अर्थ मन्त्रालयमा अत्यन्तै कम महत्वको महाशाखा मानिने अनुगमनलाई प्रभावकारी बनाउने गृहकार्यसंगै बजेटको कार्यान्वयन अनुशासित र पारदर्शी हुने विश्वास व्यक्त गरे । अर्थ सचिव शान्तराज सुवेदीले मन्त्रालयका अन्य महाशाखाहरुबीच समन्वय गरेर आपसमा काम नबाझिने गरी व्यवस्थापन गर्नुपर्ने बताए ।

बैठकमा अनुगमन महाशाखा प्रमुख रामशरण पुडासैनीले अनुगमन प्रक्रिया आपूmहरुले खेल्न सक्ने भूमिकाका विषयमा खाका प्रस्तुत गरेका थिए ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा। चिरन्जीवी नेपाल, सहसचिवहरु राजन खनाल, बैकुण्ठ अर्याल, शिशिर ढुंगाना, कृष्णप्रसाद देवकोटा, जन्मजय रेग्मी, मधु मरासिनी र टंकमणि शर्माले महाशाखाले खेल्ने भूमिकाका विषयमा सुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us