वीरगञ्ज, २३ साउन । प्रहरीले पर्साबाट पाँच किलोग्राम चरेशसहित दुई जनालाई पक्रेको छ ।
पक्राउ पर्नेमा सुनिल पटेल र सुरेश पटेल छन् । उनीहरुलाई पर्साको भेडियारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्साको मुड्ली गाविसबाट सीमावर्ती सबैठवा गाउँतर्फ चरेश लिएर जाँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस सम्बन्धमा थप छानबिन जारी छ ।