डलरको मूल्य बढेको बहानामा व्यापारीको मनपरी

काठमाण्डु टुडे २०७० भदौ ११ गते ७:२१ मा प्रकाशित

imagesकाठमाण्डु, ११ भदौ– अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन भएपछि बजार भाउ आकासिएको छ । डलरको मूल्य बढेको बहानामा व्यापारीले दैनिक उपभोग्यदेखि इलेक्ट्रोनिक बस्तुको मूल्य १५ देखि २५ प्रतिशतसम्म बढाएका छन् ।

डलरको मूल्य बृद्धिपछि आयातित सामान बजारमा आइनसके पनि व्यापारीले स्टक सामानकै मूल्य बढाउन थालेका छन् । बजारमा आयातित दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा मूल्य १५ प्रतिशत वृद्धि भएको छ ।

इलेक्ट्रोनिक्स सामानको मूल्यमा पनि उल्लेख्य वृद्धि हुने व्यवसायीले बताएका छन् । कम्प्युटर तथा पुर्जाको मूल्य २० देखि २५ प्रतिशतसम्म बढेको आईसीटी एसोसिएसन अफ नेपालका उपाध्यक्ष भेÈराज पौडेलले जानकारी दिए । आयातमूखी नेपाली बजार डलरमा हुने उतारचढास“गै प्रभावित हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us