सुनको मूल्य बढ्ने क्रम जारी

काठमाण्डु टुडे २०७० भदौ १० गते ११:१९ मा प्रकाशित

Goldकाठमाण्डु, १० भदौ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम जारी छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार निर्धारण गरेअनुसार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ९ सय पुगेको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार ६ सय ५० निर्धारण भएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ४ सय र तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार १ सय ५० थियो ।

असली चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले बृद्धि भई प्रतितोला एक हजार ३५ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us