राजधानीमा ऊर्जा सम्मेलन शुरु

काठमाण्डु टुडे २०७० भदौ १० गते ५:०६ मा प्रकाशित

काठमाण्डु, १० भदौ– ‘जलविद्युत् विकासको गतिमा तीव्रता’ भन्ने मूल नाराका साथ सोमबारदेखि काठमाडौंमा ऊर्जा सम्मेलन शुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल र गैरआवासीय नेपाली संघको आयोजना तथा ऊर्जा मन्त्रालयको सहयोगमा सम्मेलन शुरु भएको हो ।

सम्मेलनमा नेपाल सहित चीन, भारत, रुस, दक्षिण कोरिया, नर्वे, चेक रिपब्लिक, क्यानडा, बेलायतलगायतका करिब ५ सय जना प्रतिनिधिको सहभागिता छ । सम्मेलनमा आन्तरिक खपतका आयोजनाहरु र आन्तरिक लगानी, आन्तरिक खपतका आयोजनाहरु र विदेशी लगानी जस्ता विषयमा छलफल हुने छ । सम्मेलनको उदघाटन राष्ट्रपति डा. रामवरण यादवले गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us