वाणिज्यलाई अर्थमन्त्रीको निर्देशनः बजारमा उपस्थिति देखाऊ

काठमाण्डु टुडे २०७० भदौ ९ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, ९ भदौ  – उपस्थिति बलियो बनाउन वाणिज्य विभागका अधिकारीहरुलाई अर्थमन्त्री शंकर कोइरालाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै बजारमा उपस्थिति banijya-2बलियो बनाउन वाणिज्य विभागका अधिकारीहरुलाई निर्देशन दिएका छन् राजधानीमा आइतबार भएको कार्यक्रममा वाणिज्य मन्त्रीसमेत रहेका कोइरालाले
वाणिज्य विभाग जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले चाडबाडका नाममा बजारमा हुने विकृति रोक्न समयमै सचेत हुन निर्देशन दिए । उनले नागरिक घोषणापत्र आगामी १५ भदौभित्र कार्यान्वयनमा ल्याउन र उपभोक्ता हित संरक्षणमा लाग्न विभागको ध्यानाकर्षण गराए ।

वर्तमान सरकार खुल्ला बजारीकरणको पक्षमा रहेको चर्चा कोइरालाले सरकारी निकायहरुले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले प्रभावकारी बजार अनुमगनमा सरकारले सक्दो सहयोग गर्ने समेत बताए । ‘तपाईंहरु प्रभावकारी काम गर्नुस, सहयोग जुटाउने जिम्मा मेरो भयो । बजार अनुगमनको काम यसरी देखियोस् कि त्यसको अनुभूति सबैले गर्न सकुन् । कार्यालयको वातावरण सेवाग्राही मैत्र बनाउनुस् । कार्यालय हातामा सेवाग्राहीका लागि प्रतिक्षालय, शौचालय र खानेपानीको बन्दोबस्त मिलाउनुस्’ कोइरालाले भने ‘व्यक्तिगत र संस्थागत अनुगमनमा जाँदा उपभोक्तावादी संघसंस्थाहरुलाई नछुटाउनुस् ।’
कार्यक्रममा वाणिज्य तथा आपूर्तिसचिव जनार्दन नेपालले आयात र निर्यातको सन्तुलनका आधारलाई विचार गरी अनुगमन प्रक्रिया तीव्र बनाउन निर्देशन दिए ।
वाणिज्य विभागका महानिर्देशक नारायण विडारीले बजार नियमन गरिए पनि विभागको एक्लो प्रयासबाट बजार मूल्य नियन्त्रण गर्न नसकिएको गुनासो गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us