
काठमाण्डु, ९ भदौ । बर्डफ्लु पीडित किसानले प्रचलित बजार मूल्य अनुसारकै क्षतिपूर्ति पाउने भएका छन् । बर्डफ्लुका कारण मारिएका कुखुराको बजार मूल्यअनुसारको क्षतिपूर्ति, मारिएको कुखुराको सुली व्यवस्थापन, किसानले बैंकबाट लिएको ऋण मिनाहा र किसानलाई पेसामा पुनःस्थापनाका लागि कार्ययोजना बनाउन पशु सेवा विभागले मन्त्रालयमा सुझाव पठाइसकेको छ ।
एका कुखुराको क्षतिपूर्तिका लागि सङ्घर्षरत किसानसँग आइतबार काठमाण्डुमा भएको अन्तरकृयामा पशु सेवा विभागका महानिर्देशक डा. नरबहादुर रजवारले भने, ‘बर्डफ्लुले कृषि क्षेत्रमा पुर्याएको क्षति दार्चुलामा दुई महिनाअघि आएको बाढीले पुर्याएको क्षतिबराबरकै तुलना गरेका छौं । त्यसैले प्रचलित बजार मूल्य अनुसार नै किसानलाई क्षतिपूर्ति दिने छौं ।’
जल, जङ्गल, जमिन, जडीबुटी, जनशक्ति, जलवायु, जनावर र जराजुरी सम्पदाको संरक्षण निम्ति वकालत गरिरहेको ‘अस्ट ज नेपाल’ नामक गैरसरकारी संस्थाले अन्तरकृया गरेको हो । कार्यक्रममा बर्डफ्लुपीडित किसान सङ्घर्ष समितिका अध्यक्ष कृष्णराम मगराती, नेपाल पोल्टी फार्म महासङ्घका उपाध्यक्ष राजनहरि खत्री, ह्याचरी व्यवसायी सङ्घका अध्यक्ष शिवप्रसाद शर्मा, किसान गणेश कुँवरलगायतले पीडित किसानका समस्या र सरकारको दायित्व विषयमा धारणा राखेका थिए ।