गुल्मीका २२ घरधुरी अन्धकार

काठमाण्डु टुडे २०७० भदौ ९ गते ५:४९ मा प्रकाशित

गुल्मी, ९ भदौ – पहिरोले लघुजलविद्युत् योजनाको कुलो भत्किएपछि गुल्मीको पौँदी अमराईका वासिन्दा एक सातादेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । अघिल्लो शुक्रबार गएको पहिरोले पौँदी अमराई गाविस वडानम्बर ४ को धारापानी लघुजलविद्युत् आयोजनाको कुलो र बाँध भत्काएर क्षतिग्रस्त भएपछि त्यस गाउँका २२ घरधुरी अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

पहिरोले लघुजलविद्युत् आयोजनाको बाँध र कुलो भत्काउँदा करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको लघुजलविद्युत् योजना उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनुभयो ।

विक्रम संवत् २०६४ कात्तिक महिनामा ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पा र स्थानीयवासीको श्रमदानसहित सात लाख रुपैयाँ लागतमा सो योजना सम्पन्न भएको थियो । योजना पुनर्निर्माण गर्ने कार्य स्थानीयवासीको पहुुँचभन्दा बाहिर भएकाले सम्बन्धित निकायले यसप्रति ध्यान दिन उपभोक्ताले अनुरोध गरेका छन् ।

तीन किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजना रेडाले सम्पन्न गरी उपभोक्तालाई बुझाएपछि उसले मर्मत कार्य नगर्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us