नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष काँग्रेसमा प्रवेश

काठमाण्डु टुडे २०७० भदौ ८ गते १३:०१ मा प्रकाशित

काडमाण्डु, ८ भदौ– नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष तथा स्वच्न्द निर्माण सेवा प्रा.लि.का प्रबन्ध निर्देशक जयराम लामिछाने काँग्रेसमा प्रवेश गरेका छन् । उनीसँगै आनन्द कठायत र दिपबिक्रम बिस्ट पार्टी प्रवेश गरेका हुन् ।

jayram lamichhane(1)काँग्रेस सभापति शुसिल कोइराला निवासमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीमा प्रवेश गराइएको हो । पार्टी प्रवेश कार्यक्रममा काँगे्रस नेता तथा पूर्व अर्थमन्त्री रामशरण महत लगायत अन्य नेताहरुको उपस्थिती थियो । नेपाली काँग्रेसमा प्रवेश गर्नेलाइ पार्टी सभापतिले सदस्यता पत्र वितरण गर्नुको साथै फुलमाला लगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा लामिछानेले कार्यव्यस्ताका कारण पार्टीमा लागेर काम गर्न नसकेको बताए । अब प्रजातन्त्रको पक्षमा लाग्न सकिन भने मैले कहिल्यै पनि अगाडि बढ्न नसक्ने देखेर प्रजातन्त्रको पक्षमा लागेर काम गर्न काँग्रेसमा प्रवेश गरेको छु, उनले भने ।
पार्टीले दिएको जिम्मेवारलाई आफूले पूरा गर्ने समेत उनले बताए ।

मकवानपुर चित्तलाङ्गका स्थायी बासिन्दा लामिछानेल सामाजिक काय पनि गर्दै आएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति कोइरालाले पार्टी प्रवेश गर्नेलाई उपयुक्त जिम्मेवारी दिने घोषणा गरे । उनले मंसिरमा हुन लागेको चुनावलाई सहयोग गरेर जिम्मेवारी निर्वाहको सुरुवात गर्न समेत आग्रह गरे ।

बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us