डलरको ज्वरो १०४ रुपैयाँबाट तल झर्यो, शनिवार १०१ मा कारोवार, आइतवार अझै घट्ने

काठमाण्डु टुडे २०७० भदौ ८ गते १३:०४ मा प्रकाशित

काडमाण्डु, ८ भदौ– १०४ रुपैयाँको ज्वरो समातेपछि डलरको पारो विस्तारै तल ओर्लन थालेको छ । शुक्रवार साँझबाट तल झर्न थालेको डलरको ज्वरो शनिवारसम्म आइपुग्दा १०१ रुपैयाँमा झरेको छ ।

dalarशनिवारका लागि केन्द्रिय बैंकले डलरको रिफ्रेन्स रेट १०३ रुपैयाँ ७० पैसा तोकेको थियो । बाणिज्य बैंकले शुक्रवार पहिलो प्रहरमा एक सय चार रुपैयाँ माथि कारोवार गरेका थिए । शुक्रवार नेपालमा कारोवार समयपछि भने डलर तल झर्न थाल्यो । त्यही आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकले शनिवारमा एक डलर बराबर १०१ रुपैयाँ ३५ पैसामा कारोवार गर्यो ।
शुक्रवार साँझ भारतको केन्द्रिय बैंकले कमजोर हुँदै गएको भारुलाई रोक्न प्राविधिक अवरोध राखेपछि भारुमा सुधार आएको हो । शुक्रवार साँझ डलर ६३.२० भारुमा बजार बन्द भयो ।ठूला कर्पोरेट बजारबाट बाहिरिएपछि केन्द्रिय बैंकले शुक्रवार साढे चार बजे डलर विक्री सुरु गरेको थियो । भारतीय रिजर्ब बैंकले डलर विक्री गर्नुका साथै नन डेलिभरी फरवार्डको रेटमा समेत लचिलो बनेको थियो ।
यही कारण नन डेलिभरी फरवार्ड ६५ पैसा तल झरेर न्युयोर्कमा कारोवार भएको थियो । यसले डलरको सोमवार कारोवार खुल्दा रुपैयाँ माथि कम दवाव पर्ने छ । एनएनसी बैंकले इकोनोमिक टाइम्ससँग केन्द्रिय बैंकले कारोवारको अन्तिम घण्टामा अवरोध सिर्जना गर्ने गरेको बताए । वितेका दुई दिनदेखि यसैगरी दवाव परिरहेको छ, एमएनसी बैंकले भनेको  छ । बिहिवार भारुको तुलनामा ६५.५६ को रेकर्ड स्तरलाई छोएर ६४.५५ मा बन्द भएको थियो ।
भारुसँगै अरु विकशोन्मुख ठूला मुलुकको मुद्रामाथि केही दिनदेखि दवाव पर्दै आएको छ । ब्राजिलले पनि यसलाई रोक्न डिसेम्वर ३१ सम्म ६० अर्ब अमेरिकी डलर बजारमा छाड्ने निर्णय गरेको छ । शुक्रवार एनडिएफ बजारमा भारुले यु टर्न लिएपछि केही समय कारोवार समेत रोकिएको थियो । भारत सरकारले आरबीआईको माध्यमबाट एनडिएफ बजारलाई मिहिन ढंगले हेरिरहेको छ ।

बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us