थारु गाउँमा महोत्सवको रौनक

काठमाण्डु टुडे २०७१ पुष १६ गते ११:०२ मा प्रकाशित

कैलाली, १६ पुस–कैलालीको लम्कीस्थित थारु गाउँमा जारी लम्की महोत्सब २०७१ मा एक लाख बढीको कारोवार भएको छ । महोत्सबको सातौँ दिनसम्म एक लाख बढीको कारोवार भएको आयोजक समितिले जानकारी दिएको छ ।

Tharu Dance

थारु गाउँमा आयोजित महोत्सवमा थारु संस्कृति झल्किने नाच गान र थारुका विभिन्न खानाका परिकार (ढिक्री, घोगी, माछाका परिकार) लगायत राखिएको छ ।

थारु गाउँको महोत्सवको करिव चार हजार जनाले अवलोकन गरी सकेको समितिका सचिव नविन चौधरीले बताए । थारु गाउँमा स्थानीय कलाकारले मौलिक सांस्कृतिक प्रस्तुति समेत गरिरहेके छन् । महोत्सवमा थारु जातिका पुराना–पुराना कलात्मक वस्तुहरू समेत राखी प्रदर्शन गरिएको छ ।

लम्की चुहा व्यवस्थित बजारको निर्माण, व्यापार, कृषि पर्यटन हाम्रो पहिचान भन्ने मूल नारा सहित पुस ९ गतेवाट सुरु भएको लम्की महोत्सबको आयोजना लम्कीचुहा उद्योग वाणिज्य सङ्घले गरेको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us