आमिर खानको पीकेमा आतंकवादीको लगानी रहेको आरोप

काठमाण्डु टुडे २०७१ पुष १५ गते ४:०६ मा प्रकाशित

Aamir_Khan_PKकाठमाण्डु, १५ पुस– आमिर आन अभिनित चलचित्र पीकेले धार्मिक आस्थामाथि प्रहार गरेको भन्दै भारतमा व्यापक विरोध भएको छ ।
खास गरी हिन्दूवादीहरुले पीकेले हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै उक्त चलचित्र प्रदर्शनमा रोक लगाउनुपर्ने माग गर्न थालेका छन् ।

यसैबीच सत्तारुढ भारतीय जनता पार्टीका नेता सुब्रह्मण्यम स्वामीले पीके निर्माणमा आतंकवादी संगठन आइएसाईले लगानी गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत पीकेमा आइएसआर्इ र दुबई सरकारको लगानी रहेको दाबी गरेका हुन् ।

पीकेमा आइएसआईको लगानी भएको भन्ने सूचना आफूले पाएको भन्दै उनले त्यसबारे छानबिन गर्न केन्द्र सरकारसँग माग गरेका छन् ।
यसअघि बाबा रामदेवसहित हिन्दू बाबाहरुले हिन्दूहरुको आस्थामाथि आक्रमण गरेको भन्दै उक्त चलचित्र प्रदर्शनमा रोक लगाउनुका साथै आमिर खानलाई पक्रेर थुन्न माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us