राजापाक्षलाई राष्ट्रपति जिताउन श्रीलंकाली सुन्दरीका साथ कोलम्बो पुगे सलमान

काठमाण्डु टुडे २०७१ पुष १४ गते १३:३६ मा प्रकाशित

rapapakchhaकाठमाण्डु, १४ पुस– बलिउड अभिनेता सलमान खान श्रीलकांमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा वर्तमान राष्ट्रपति महिन्दा राजापाक्षको चुनावी प्रचारमा सहभागी हुन कोलम्बो  पुगेका छन् ।

बलिउड अभिनेत्री एवम् श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नान्डिजलाई लिएर सलमान कोलम्बो पुगेका हुन् ।

श्रीलंकामा आगामी जनवरी १५ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ । राजापाक्षले तेश्रो कार्यकालका लागि राष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन्


भारतीय अभिनेता अर्को मुलुकको नेताका पक्षमा चुनावी अभियानमा सहभागी भएको यो पहिलो भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us