वित्तीय क्षेत्र विकास रणनीति २०१५ देखि लागु हुने

काठमाण्डु टुडे २०७१ पुष १४ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, १४ पुस–अर्थमन्त्री डा रामशरण महतले विभिन्न समयमा देखापर्ने वित्तीय चुनौतीलाई सम्बोधन गर्दै आर्थिक स्थायित्व प्रदान गर्ने ‘वित्तीय क्षेत्र विकास रणनीति’ तयार गर्नुपर्ने बताएका छन् ।

ramsharan

अर्थ मन्त्रालयद्वारा आयोजित ‘वित्तीय क्षेत्र विकास रणनीति’को मस्यौदामाथिको छलफलमा उनले वित्तीय क्षेत्रको आकारमा वृद्धि भए पनि ग्रामीण क्षेत्रका जनतासम्म पहुँच पुग्न नसकेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्ने गरी रणनीति तयार गर्नुपर्ने बताए ।

मन्त्रालयले वित्तीय क्षेत्रका बैंक, वित्त कम्पनी, पुँजी बजार, बिमा, सहकारीलगायतका क्षेत्रलाई एकीकृत रुपमा व्यवस्थित गर्दै वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यका साथ सन् २०१५ देखि लागु हुने गरी पाँचवर्षे रणनीति तयार पार्न लागेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us