
एजेन्सी–इङ्लिस प्रिमियर फुटबल अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन् ।
टोटनह्यामले युनाइटेडलाई बराबरीमा रोक्दै उपाधि होडमा रहेको चेल्सी र सिटीसँग अंग छोट्याउने प्रयास असफल पारिदिएको छ ।
युनाइटेडले गोल गर्ने केहि राम्रा मौका पाएता पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । खेलपछि युनाइटेड ३६ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने टोटनह्याम ३१ अंकका साथ आठौँमा रहेको छ ।
त्यस्तै सिटीले पनि चेल्सीसँग अंक दूरी छोट्याउने अवसर गुमाएको छ । सिटीले २–० को अग्रता लिदा–लिदै पनि रेलिगेसनको खतरामा रहेको बार्नलीसँग अग्रता जोगाउन सकेन । सिटी ४३ अंकका साथ दास्रो स्थानमा यथावत छ ।
अर्को खेलमा चेल्सी पनि साउथह्याम्टनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । बराबरीसँगै चेल्सी सिटी भन्दा तिन अंकले अगाडी पहिलो स्थानमा सुरक्षित छ ।
त्यस्तै अर्को खेलमा आर्सनलले वेष्टह्यमलाई २–१ गोलले पराजित गरेको छ ।