मलेसिया– अस्वस्थताका कारण काम गर्न नसक्ने भएपछि एक नेपाली कामदारलाई उनी कार्यरत कम्पनीले जबर्जस्ती
मानसिक अस्पताल भर्ना गरिदिएको खुलासा भएको छ ।
मलेसियाको शाहलमस्थित एपेक्स पेकिङ कम्पनीले रुकुम नुवाकोटका नरेश सुनारलाई जबर्जस्ती मानसिक अस्पताल भर्ना गरेको हो ।
चार महिनासम्म जबर्जस्ती अस्पताल बसेका विक भागेर नेपाली दूतावासको सम्पर्कमा पुगेका छन् । पहिला सामान्य अवस्थामा रहेका उनमा मानसिक औषधि खुवाइएका कारण समस्या देखिएको छ ।
उनमा डराउने समस्या देखिएको साथीहरु बताउँछन् । नरेशलाई दूतावासले हवाई टिकटको व्यवस्था मिलाएर नेपाल फर्काउने तयारी गरेको छ ।
केमकिल उत्पादन गर्ने कम्पनीमा काम गरेका कारण स्वास्थ्यमा समस्या देखिएको बताएपछि कम्पनीले बल प्रयोग गरेर मानसिक अस्पतालमा भर्ना गरेको उनले बताएका छन् ।
उनी एक वर्षअघि काठमाण्डुमा रहेको इन्टरनेशनल रिक्रुमेन्ट नामको मेनपावर कम्पनीमार्फत मलेसिया पुगेका थिए ।