चीनको औद्योगिक नाफामा गिरावट

काठमाण्डु टुडे २०७१ पुष १४ गते ५:४२ मा प्रकाशित

एजेन्सी–नोभेम्बर महिनामा चिनियाँ औधोगिक क्षेत्रको नाफामा गिरावट आएको छ ।

index

नोभेम्बर महिनामा चीनको औधोगिक क्षेत्रमा ४.२ प्रतिशतले गिरावट आएको छ । यो वर्षको उच्च गिरावट यसै महिनामा आएको अन्तराष्ट्रिय संचारमाध्यम रोयर्टसले जनाएको छ ।

शनिवार चिनियाँ सरकारले बाहिर ल्याएको तथ्याङकको आधारमा सन् २०१२ को अगष्ट महिनामा आएको गिरावटपछि यो उच्च हो ।

अक्टोवर महिनामा पनि चिनियाँ उधोग क्षेत्रमा ठूलो गिरावट आएको थियो । बिक्रि तथा मागमा कमी आएपछि मुनाफामा पनि ठूलो गिरावट आएको बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us