
एजेन्सी– बलीउडको फिल्म उद्योगामा सन्नी लियोनले प्रवेश गरेसँगै बलीउडका कयौ ठुला–ठुला नियमहरु उल्ट्याइ दिएकी छन् । यसै खुसीमा सन्नी लियोनका पति डेनियल वीबरले मुम्बईमा रहेकी आफ्नी पत्नीलाई क्रिसमस र नयाँ बर्षको उपलक्षमा ठुलो उपहार दिएका छन् ।
वीबरले उनलाई सेतो रंगको बीएमडब्लू कार गिफ्टमा दिएका छन् । सन्नी लियोनले वीबरलाई धन्यवाद भन्दै आफ्नो कारको फोटो इन्स्टाग्राममा शेयर गरेकी छन् ।
सन्नीले इन्स्टाग्राममा ‘सेन्टा डेनियल वीबरले मलाई मुम्बईमा कार गिफ्ट दिएका छन् ।’, उनले लेखेकी छन् । वीबरले केही महिना अघि पनि सन्नीलाई एउटा अत्याधुनिक स्पोर्ट्स कार गिफ्ट दिएका थिए ।
सन्नी लियोन हालका दिनहरुमा ‘मस्तीजादे’ की शुटिङमा व्यस्त छिन् ।