
काठमाण्डु, ९ पुस–सरकारले आगामी जनवरी १७ देखि नामिवियामा हुने एसीसी डिभिजन–२ क्रिकेट उपाधी नेपालले जिते प्रत्येक खेलाडिलाई जनहि १०/१० लाख दिने घोषणा गरेको छ ।
बुधबार खेलकुद मन्त्रालयले डिभिजन–३ विजेतालाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै खेलकुद मन्त्री पुरुषोत्तम पौडेललले यस्तो बताएका हुन् । कार्यक्रममा मन्त्रीले खेलाडि तथा प्रशिक्षकलाई जनहि एक लाख सहित सम्मान गरेका थिए ।
कार्यक्रममा टोलिका कप्तान पारस खड्काले खेल भएकाले खेलमा हारजित हुने भन्दै जित्दा वाह वाह र हार्दा गाली गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताए । ‘क्यानमा देखिएको समस्या तत्काल समाधान हुनुपर्छ उनले भने ।’