
एजेन्सी–अस्टेलियाले भारतसँगका दोस्रो टेस्ट म्याचमा पनि जित हात पारेको छ । जितसँगै चार टेस्ट म्याचको श्रृङखलामा अस्टेलिया २–० ले अगाडि पुगेको छ ।
दोस्रो टेस्टको तेस्रो दिनको खेल सकिदासम्म अस्टेलिया ९६ रनले अगाडि थियो । चौथो दिन भारतको दोस्रो पारी २२४ रनमा समेटिएपछि अस्टेलियालाई जितका लागि १२८ रन चाहिएको थियो । जबाफमा अस्टेलियाले छ विकेटको क्षतिमा १३० रन बनाउँदै खेलमा बिजयी भयो ।
अस्टेलियाले २२ रनमा आफ्ना दुई विकेट गुमाएपनि क्रिस रोजर्सको ५५ रनको योगदानमा बलियो स्थितिमा पुग्यो । भारतका तर्फबाट शिखर धवनले ८१ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
खेलमा अस्टेलियाका मिशेल जोनसोनले चार तथा भारतका तर्फबाट उमेश यादवले तिन विकेट झारेका थिए ।