
काठमाण्डु, ४ माघ– पेट्रोलियम पदार्थको मूल्यमा लगातार आएको गिरावटसँगै सार्वजनिक यातायात भाडा पनि घट्ने भएको छ ।
आपूर्तिमन्त्री सुनिलबहादुर थापाले छिट्टै यातायात भाडा घटाउने तयारी भइरहेको बताए । राजधानीमा भएको एक कार्यक्रममा उनले भाडा घटाउने विषयमा यातायातमन्त्री आफूसहित, विमलेन्द्र निधि र मुख्यसचिव लीलामणि पौडेलबीच शुक्रबार सैद्धान्तिक सहमति भएको बताए ।
‘म, यातायातमन्त्री निधिजी र मुख्यसचिव लगायतको बैठकमा यो विषयमा कुरा उठिसकेको छ’, थापाले भने, ‘तत्काल सवारी साधनको भाडा घट्छ ।’
नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार शुक्रबार पेट्रोलमा सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ ५० पैसा मूल्य घटाउने निर्णय गरेको थियो ।