
एजेन्सी– भारतका सुपर स्टार अमिताभ बच्चनले राजनीतिमा प्रवेश गर्नु आफ्नो ठुलो भुल भएको बताएका छन् ।
‘एजेण्डा आजतक’ भन्ने एउटा कार्यक्रमका लागि दिल्ली पुगेका अमिताभले सो कुरा बताएका हुन् । उनले भने, ‘राजनीतिमा जानु मेरो जिवनको ठुलो भुल थियो आउने दिनहरुमा म यो भुल कहिलै पनि दोह¥याउने छैन् ।’
अमिताभले सन् १९८४ मा इलाहावादको लोकसभा चुनावका लागि उम्मेदवारी दिएर बिजयी भएका थिए । तर उनले त्यसको तीन बर्ष पछि आफ्नो सांसदबाट राजीनामा दिएका थिए ।
आफ्नो कुरा अगाडी बढाउदै अमिताभले भने, ‘म भावनाहरुमा बगेर त्यस क्षेत्रमा गए तर पछि लाग्यो राजनीतिक धरातलको वास्तबीकता र भावना धेरै फरक कुरा हो, त्यसैले मैले राजनीति छाडिदिएँ ।’
आफ्नो साहित्यकार बुबा हरिवंशराय ‘बच्चन’को ‘मधुशाला’ भन्ने कविता बाचन गर्दै गर्दा उनी पुराना दिनहरुमा हराए ।
उनले भने, ‘बुबाले कहिलै पनि रक्सी खानु भएन तर कविताहरु रक्सी जड्यामाथी नै धेरै लेख्नु भयो ।’ उनले बुबाले ‘मधुशाला’ भन्ने कविता सन् १९३३ मा लेखेको र १९३५ मा प्रकाशित भएको बताए ।
अमिताभले आफ्ना बुबाको कविताले क्रान्तिकारी विचारहरु संप्रेशित गर्ने बताए ।