
काठमाण्डु, २९ मंसिर– चर्चित टेलिभिजन कार्यक्रम बिग बोस ८ मा सलमान करिस्मा रोएपछि सलमान खान मञ्च छाडेर हिंडेका छन् ।
सलमानले गरेको मजाकलाई करिस्माले अस्वभाविक रुपमा लिएपछि उत्पन्न असहज परिस्थितिकै बीच सलमान कार्यक्रम छाडेर हिंडेका हुन् ।
आफ्नो ठट्टालाई बुझ्न नसकेको भन्दै करिस्मासँग सलमान आगो भएका थिए ।
सलमान हिंड्नुअघि करिश्माले सलमानको कुरालाई मनमा लिएर रोएकी थिइन् ।
प्रीतम सिंहले जब रुनुको कारण साधे तब करिश्माले जहिले पनि मजाक राम्रो नहुने बताइन् ।
करिश्माको यो कुरा सुनेर सलमानलाइ रिस उठ्यो अनि रिसाउँदै स्टेज छाडेर गए । केहिपछि सलमान स्टेजमा आउँदा करिश्माले भनिन् ‘म मुडमा थिइन्, त्यसैले जतिबेला पनि मजाक राम्रो हुँदैन ।’
सलमानले जवाफमा भने कि अब शोलाई उनको मुडका आधारमा चलाइन्छ । उनले भने, ‘जब तिम्रो मुड ठीक हुन्छ तब मात्र मलाइ बोलाउने गर ।’