लोकतान्त्रिक सरकारको उपहार, थप दुई घण्टा लोडसेडिङ

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते १५:२७ मा प्रकाशित

loadseadingकाठमाण्डु, २९ मंसिर– नेपाल विद्युत प्राधिकरणले आगामी पुस २ गतेदेखि दैनिक थप दुई घण्टा लोडसेडिङ गर्ने भएको छ ।

नयाँ तालिकासँगै अबदेखि १० घण्टा लोडसेडिङ हुने भएको छ । प्राधिकरणले यसअघि दैनिक आठ घण्टाका दरले लोडसेडिङ गर्दै आएको थियो । परिस्थिति प्रतिकुल भएको अवस्थामा थप घण्टा आकस्मिक लोडसेडिङ हुने पनि प्राधिकरणले जनाएको छ ।

सोमबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले बाढी पहिरोबाट क्षति भएका विद्युत आयोजनाहरु अझै सञ्चालनमा आउन नसकेको र उत्पादनको तुलनामा माग बढेका कारण लोडसेडिङको समय बढाउनुपर्ने जनाएको छ ।

उपत्यकाभित्र तोकिएका समयमा र उपत्यकाबाहिर तोकिएको समयभन्दा पाँच मिनेटपछि लोडसेडिङ हुने सूचनामा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us