
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा म्यान्चेस्टर युनाइटेडले लगातार पाँचौ जित हात पारेको छ । युनाइटेडले लिगभरपुललाई ३–० ले हराउँदै शीर्ष तिनमा आफ्नो स्थान कायमै राखेको हो । जितसंगै युनाइटेडले पहिलो स्थानको चेल्सी र दोस्रो स्थानको सिटीसंग तालिकामा अंक घटाएको छ ।
युनाइटेडका लागि वायन रुनी, हुवाँ माटा र रोबिन भान पार्सीले गोल गरेका थिए । खराब प्रदर्शनबाट गुज्रिरहेको लुइस भान गालको टिम युनाइटेड पछिल्लो समय आफ्नो लयमा फर्किएको छ ।
त्यस्तै शनिबारको खेलमा चेल्सीले हल सिटीलाइ २–० ले पराजित गर्दै शीर्ष स्थानमा सुरक्षित रहेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले लिसेस्टर माथि १–० को जित दर्ता गराउदै चेल्सीसंगको अन्तर ३ अंकले झारेको छ ।
अन्य खेलमा आर्सनलले न्यूक्यासललाइ ४–१ ले पराजित गर्दै शीर्ष चारमा उक्लने सम्भावना जिबित राखेको छ । एक समय चेल्सीलाइ पछ्याइरहेको साउथह्याम्पटन रेलिगेसनको खतरामा रहेको बर्नलीसंग १–० ले परानित भयो ।
सन्डरल्याण्डसंग १–१ को बराबरीमा रोकिएता पनि वेस्त ह्याम चौथो स्थानमा यथावत छ ।