विराटनगर, २५ मंसिर– जिल्ला पशुसेवा कार्यालय मोरङले पशु बिमा कार्यक्रम सञ्चालन थालेपछि कृषकको यसतर्फ आकर्षण वृद्धि भएको छ । विभिन्न रोगका कारण मरेका पशुको ९० प्रतिशत बिमा रकम क्षतिपूर्तिवापत पाउन थालेपछि कृषको पशु बिमा कार्यक्रमतर्फ आकर्षण बढ्न थालेको हो ।
लाखौँ खर्च गरी व्यावसायिक रुपमा पशुपालन गर्दै आएका कृषक कृषक पशु बिमा कार्यक्रम लागू भएपछि खुसी भएका छन् ।
गत आर्थिक वर्षदेखि सुरु भएको पशु बिमा कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा एनएलजी इन्स्योरेन्स, प्राइम इन्स्योरेन्सलगायतका बिमा कम्पनीले सेवा दिइरहेको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ ।
जिल्लाका विभिन्न गाविस तथा नगरपालिकामा कृषकले एक हजारभन्दा बढी पशुको बिमा गराएको कार्यालयले जनाएको छ ।
गाई, बाख्रा, बङ्गुर र केही स्थानमा हा“सको समेत कृषकले बिमा गराएको पशु विकास अधिकृत डा गङ्गाराम यादव बताए ।
सरकारले पशु बिमा कार्यक्रममा कृÈकलाई अनुदानसमेत दि“दै आएको छ । स्थानीय जातको पशुमा तीन प्रतिशत, क्रसब्रिडको चार प्रतिशत र उन्नत जातको पशुको पाँच प्रतिशत प्रिमियम पर्छ भने त्यसको ५० प्रतिशत रकम सरकारले अनुदानस्वरुप कृषकलाई दिने गरेको छ ।
कृÈकले रु एक लाखको पशु बिमा गर्दा वार्Èिक पाँच हजार प्रिमियम तिर्नुपर्छ तर सरकारले ५० प्रतिशत अनुदान दिने हुँदा कृषकले वार्षिक रु दुई हजार ५०० मात्रै प्रिमियम बुझाउनुपर्ने हुन्छ । बा“की रु दुई हजार ५०० प्रिमियम सरकारले तिर्ने पशु कार्यालयले जनाएको छ ।
सरकारले ५० प्रतिशतको अनुदानलाई वृद्धि गरी ७५ प्रतिशत पु¥याउने योजना बनाएको पशु विकास अधिकृत डा यादव बताए ।
बिरामी पशुको उपचारका क्रममा मृत्यु भएमा जिल्ला पशुसेवा कार्यालय मोरङको सिफारिसमा कृÈकले सजिलैस“ग बिमा रकम पाउने व्यवस्था रहेको छ ।
रासस