बाबुरामले कसरी प्रयोग गर्लान स्वविवेक ?

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते ५:०१ मा प्रकाशित

baburamकाठमाण्डु, १९ मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले आज संविधान निर्माणमा भएका प्रगति र विवादित विषय समेटेर संविधानसभामा प्रतिवेदन बुझाउने भएका छन् ।

यसअघि भट्टराईले प्रमुख दलका शीर्ष नेतासँग त्यसबारे परामर्श गरेका थिए । बुधबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले ‘स्वविवेक’ प्रयोग गरी प्रतिवेदन लैजाने जिम्मा भट्टराईलाई दिएसागै समितिको एक महिना लामो गतिरोध तोडिएको थियो ।

सभापति भट्टराईले आफू पार्टीगत सोचबाट माथि उठेर संविधानसभा नियमावली र दलीय सहमतिको भावनाअनुसार प्रतिवेदन लैजाने बताउादै आएका छन् ।

काँग्रेस–एमालसहित सत्तापक्षीय दलहरुले आफूहरुले बुझाएको सात प्रदेशको प्रस्ताव जस्ताको तस्तै लैजानुपर्ने अडान लिएपछि भट्टराई अप्ठेरोमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us