
एजेन्सी- ढुंगा लागेर गम्भीर घाइते भएका अर्जेन्टिनी फुटबल खेलाडी ३३ वर्षीय फ्राङको निएटोको मृत्यु भएको छ ।
क्षेत्रीय क्लब टिरो फेडलरका कप्तानसमेत रहेका उनीमाथि उत्तर पश्चिम अर्जेन्टिनाको एमोगास्टामा चकारिट जुनियरविरुद्धको खेलको समाप्तिसँगै सांघातिक आक्रमण भएको थियो ।
खेलका क्रममा खेलाडीहरुबीच मैदानमा भिडन्त भएपछि रेफ्रीले आठ खेलाडीलाई रातो कार्ड दिएका थिए । खेलपछि श्रीमति र छोरीका साथ कारमा घर फर्कंदै गरेका निएटोमाथि सांघातिक आक्रमण भएको थियो ।
आक्रमणकारीले उनको टाउको ढुंगाले किचिदिएका थिए । गम्भीर घाइते उनको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।