काठमाण्डु, १९ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘ठूला व्यक्ति’ले सम्पत्ति लुकाउने गरेका कारण अनुसन्धान प्रक्रिया अन्यौलमा परेको बताएका छन् ।
व्यवस्थापिका–संसदअन्तर्गतको सुशासन तथा अनुगमन समितिको शुक्रबारको बैठकमा उपस्थिति भएका कार्कीले सभासदहरुले सुब्बा र खरिदारलाई मात्र पक्राउ गरेको भन्दै अख्तियारको कार्यशैलीको विरोध गरेछि त्यस्तो बताएका हुन् ।
कार्कीले राजनीतिक नेता र उच्च पदस्थ पूर्व र बहालवाला सरकारी अधिकारी गरी एक हजार व्यक्तिको सम्पत्ति मूल्याङ्क गरिहरेको बताए । तर उनीहरुले आफ्नो र नातागोताको बैंक खातामा सम्पत्ति राख्न छाडिसकेकाले अख्तियार रनखुल्लमा परेको उल्लेख गरे ।
उनले बैंक खातामा पैसा नराख्ने, डेरा भाडामा लिएर बस्ने र ससुरालीसम्मको नाममा सम्पत्ति राख्न छाडेकाले ‘ठूला माछा’ समात्न नसकिएको बताए ।
‘ठूला माछालाई छाडेर साना माछाको पछि लागेको भन्ने आरोप सही होइन’, कार्कीले भने, ‘बैंक खातामा पााच सय छ, भाडाको डेरामा बसेको देखाउाछ कसरी ठूला माछा समात्ने समस्या भएको छ ।’
कार्कीले भ्रष्टाचार प्रवृत्ति भएकाले साना र ठूला माछामा विभाजित गरेर नहेर्न सभासदहरुलाई आग्रह गरे ।