हेडमास्टरको जागिर छाडेर पिशाबको व्यापार

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते ३:१२ मा प्रकाशित

pisab 2चितवन, १९ मंसिर– चितवनका एक विद्यालयका प्रधानाध्यापक जागिर छाडेर मानिसको पिसाब व्यापारमा लागेका छन् ।

दारेचोकस्थित माझगाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीरेन्द्र पोख्रेल जागिर छाडेर पिसाब व्यापारमा लागेका हुन् ।

उनले ६ वर्षअघि ढल विभागका कर्मचारीले दिएको प्रशिक्षणका क्रममा पिशाबको महत्व बुझेपछि उक्त व्यवसायप्रति आकर्षित भएको बताए । उनकै सक्रियतामा दारेचोकमा ७ सय ५० बढी पिशाब संकलन गर्ने इकोशान चर्पी बनेका छन् ।

संकलित पिशाब खेतबारीमा प्रयोग गरेपछि बाली सप्रिएकामा किसान दंग छन् । पोखरेल कतै सभासमारोह छ वा मानिसहरुको जमघट हुँदैछ भन्ने थापा पाउनेबित्तिकै जर्किन बोकेर पिसाब संकलन गर्न पुगिहाल्छन् ।

उनले एमाओवादीको गोरखा पालुङटारमा भएको विस्तारित बैठक र चितवन महोत्सबमा ठूलो परिमाणमा पिसाब संकलन गरेर गाउँलेलाई बाँडे । आफूलाई मानिसहरुले पिसाब मास्टर भन्ने गरेको उनी बताउँछन् ।

तर त्यसमा दुःखभन्दा सुखी बढी लाग्ने गरेको पोखरेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us