थ्रेसरमा कपाल बेरिएर महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते ३:११ मा प्रकाशित

झापा, १९ मंसिर– झापाको लखनपुरमा धान झार्ने थ्रेसरमा कपाल बेरिादा एक महिलाको मृत्यु भएको छ । लखनपुर–१ कि ३७ वर्षीया हरिमाया सम्बाहाम्फेको धान झार्ने क्रममा कपाल थ्रेसरमा बेरिँदा घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीय चार–पाँचजना महिला मिली धान झारिरहेको अवस्थामा अचानक सम्बाहाम्फेको कपाल थ्रेसरमा बेरिएको थियो । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us