नेम्वाङ र ओली हिंडेपछि बालुवाटारको बैठकै उठ्यो

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते ७:५१ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– संवैधानिक तथा राजनीतिक सहमति संवाद समितिका सभापतिलाई स्वविवेक प्रयोग गर्न दिएको भनिएपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको उपस्थितिमा बसेको संवाद समितिको बैठकमा सभामुख सुवास नेम्वाङ र एमाले अध्यक्ष केपी शर्मा ओली इलाम जानुपर्ने भएकाले निष्कर्षमा नपुग्दै उठेको बताइएको छ ।

Big Three Meeting at Baluwatar
संवाद समितिका सभापति डा. भट्टराईलाई आफ्नो विवेकले प्रतिवेदन संविधान सभामा पठाउन भनिए पनि उनले दलहरुका सुझावलाई अनुसूचीमा राख्ने कि तपसिलमा राख्ने भन्ने विषयमा कुनै निर्णय लिएका छैनन् । कांग्रेस–एमालेले आफूहरुको प्रस्तावलाई तपसिलमा नभएर अनुसूचीमा राख्नुपर्ने माग गर्दै आएका छन् ।
कांग्रेस–एमालेले जस्तै मधेसी जनअधिकार फोरम नेपालले पनि नौ प्रदेशको बेग्लै प्रस्ताव संवाद समितिमा दर्ता गराएको छ ।
संवाद समितिका तर्फबाट प्रतिवेदन पठाउने सम्बन्धमा हिजोको बैठकले सभापतिलाई स्वविवेक प्रयोग गर्न भनेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us